हेटौंडा : हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित चेक प्वाइन्टबाट आधा किलो सुनसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका-२ बस्ने ३९ वर्षीय हितेस कुमार साह र भारत पंजाबका ३४ वर्षीय तर्सिम सिङ रहेका छन्।
सवारीसाधन जाँच गर्ने क्रममा वीरगंजबाट आउँदै गरेको बा.प्र ०३-००१ ख १७२७ नम्बरको बसमा सवार साहलाई जुत्ताभित्र लुकाई ल्याएको करिब ४ सय ५० ग्रामको सुनसहित २ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
त्यस्तै, सुनको ब्रास्लेट ९ थानसहित करिब ४० ग्राम सुनसहित भारतका सिङ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। ना.५ ख ६२१७ नम्बरको बसमा सवार सिङले झोलाभित्र लुकाएर सुन ल्याइरहेका थिए।
दुवै घटनाबारे थपअनुसन्धान भइरहेको र विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।



