२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

इन्टरपोलबाट रेड नोटिस जारी भएका अभियुक्तलाई नेपाल ल्याइयो

images

  • २०८० पुस १०, मंगलबार
  • 586
    SHARES
  • इन्टरपोलबाट रेड नोटिस जारी भएका अभियुक्तलाई नेपाल ल्याइयो

    काठमाडौँ : ठगी तथा सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका धनुषा औरही गाउँपालिका–५ का ४४ वर्षीय राजेन्द्र पासमानलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ। 

    इन्टरपोल कतारको समन्वयमा पक्राउ परेका उनलाई  कारबाहीका लागि  सोमबार नेपाल ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कठायतले जानकारी दिनुभयो। पासमान लगायत अन्य व्यक्तिहरूले पीडितको माछापुच्छ्रे बैङ्कको खातामा रहेको रु ९ लाख अनधिकृत रूपमा ट्रान्सफर गरी उक्त रकम विभिन्न बैङ्कहरूको एटिएम कार्डबाट निकालेर प्रयोग गरेका थिए। अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको जानकारी भएको थियो।

    अन्तर्राष्ट्रियता खोजतलासका लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ डिसेम्बर ७ मा उनी विरुद्ध रेड नोटिस जारी गरेको थियो। यसअघि गत साता इन्टरपोलबाट रेड नोटिस जारी गरिएका ४ जनालाई पक्राउ गरी नेपाल ल्याइएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ