२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

श्री एयरलाइन्सले गर्‍यो ४ महिनामा १ अर्ब बढीको आम्दानी

images

  • २०८० पुस १६, सोमबार
  • 1.3K
    SHARES
  • श्री एयरलाइन्सले गर्‍यो ४ महिनामा १ अर्ब बढीको आम्दानी

    काठमाडौँ : निजी क्षेत्रबाट सञ्चालित श्री एयरलाइन्स कम्पनीले चालु आर्थिक वर्षको ४ महिनामा १ अर्ब १४ करोड आम्दानी गरेको छ। चालु आवको ४  महिनाको आम्दानीसँग गत वर्षको साही अवधिसँग तुलना गर्दा कम्पनीको आम्दानी ५ प्रतिशतले घटेको छ। नयाँ विमान थप्ने र आन्तरिक रुटका साथै अन्तर्राष्ट्रिय रुट विस्तार गर्ने तयारीमा रहेको श्री एयरलाइन्स नयाँ जहाज खरिदकै लागि कर्जा लिएको प्रारम्भिक आकलन रहेको छ।

    गत आवमा कम्पनीले ३ खर्ब ६१ करोड रुपैयाँ बराबरको आम्दानी गरेको थियो। सञ्चालनमा आएका कुल १८ रुटमध्ये श्री एयरलाइन्सले विशेष २ रुटबाट मात्रै कुल आम्दानीको ६५ प्रतिशत आम्दानी गरेको छ। एयरलाइन्सले ३ अर्ब ८५ करोड ५६ लाख बराबरको कर्जाका लागि साख मूल्याकंन गराएको छ। रेटिङ एजेन्सी इक्रा नेपालले २ अर्ब ५५ करोड १७ लाख बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी र १ अर्ब ३० करोड ३० लाख बराबरको कर्जाका लागि ए४ रेटिङ गरेको छ।

    सन् १९९९ मा एयर अनन्यको नामबाट हवाई सेवा सुरु गरेको कम्पनीले पछि नाम परिवर्तन गरी श्री एयरलाइन्स राखेको हो। सन् २०२३ को जुलाई महिनामा कम्पनी प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिणत भएको थियो। हाल श्री एयरलाइन्सका ४ जेट, ४ टर्बो र्पप्स, ८ बम्बार्ड एयरक्राफ्ट छन् भने रोटर सेग्मेन्ट अन्तर्गत एमआइ–८ मोडलका ६ वटा हेलिकप्टर र २ वटा एयरबस रहेका छन्।

    पछिल्लो समयमा श्री एयरलाइन्सका जहाजहरूमा देखिएको प्राविधिक समस्याका कारण कैयौँ पटक नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सको उडान रोकेको छ। जस कारण कम्पनीको आम्दानीमा असर पुगेको सहज आकलन गर्न सकिन्छ। यस्तै, अन्य एयरलाइन्स कम्पनीहरूले नयाँ जहाज थपी गन्तव्य बढाउँदा प्रतिस्पर्धा बढेको छ भने त्यसको असर आम्दानीमा परेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ