२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अवैध लागू औषधसहित काठमाडौँबाट ६ जना पक्राउ

रासस

images

  • २०८० पुस २५, बुधबार
  • 761
    SHARES
  • अवैध लागू औषधसहित काठमाडौँबाट ६ जना पक्राउ

    काठमाडौँ : काठमाडौँ महानगरपालिका–१४ कुशेश्वरबाट नियन्त्रित लागू औषध डाईजेपाम एक एम्पुल, फेनारगन एक एम्पुल र नुर्फिन एक एम्पुलसहित खोटाङ घर भई काठमाडौँ बल्खु डेरा गरी बस्ने १९ वर्षीय सुशान्त राईलाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई  लागू औषधसहित पक्राउ गरेको हो। 

    थप अनुसन्धानको क्रममा हाल वतन नखुलेका बल्खु डेरा गरी बस्ने चितकुमार सुनारको कोठाबाट डाईजेपाम ३१ एम्पुल, फेनारगन ३३ एम्पुल, नुर्फिन २२ एम्पुल र नगद रु ६१ हजार ५५० प्रहरीले बरामद गरेको छ। प्रहरीले हाल फरार सुनारको खोजी गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ