२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

साउदी अरबको जेद्दामा गोली चल्दा एक नेपालीको मृत्यु

images

  • २०८० असार १४, बिहीबार
  • 1.4K
    SHARES
  • साउदी अरबको जेद्दामा गोली चल्दा एक नेपालीको मृत्यु

     काठमाडौं: साउदी अरबको जेद्दास्थित अमेरिकी महावाणिज्य दूतावासमा गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु भएको छ। बुधबार एक बन्दुकधारीसँगको दोहोरो गोली हानाहान हुँदा गम्भीर घाइते भएका नेपाली सुरक्षागार्डको उपचारको क्रममा मृत्यु भएको हो।

    अलजजिराका अनुसार बुधबार दूतावासको भवननजिकै कार रोकेका एक व्यक्ति  बन्दुकसहित कारबाट ओर्लिएका थिए। त्यसपछि नजिकै रहेका सुरक्षागार्डहरूले उनलाई रोक्ने क्रममा दोहोरो फायरिङ भएको थियो।

    दोहोरो फायरिङमा बन्दुकधारीको मृत्यु भएको थियो भने नेपाली सुरक्षागार्ड गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । मृत्यु हुने नेपाली सुरक्षागार्डको परिचय खुलेको छैन। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ