२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
हुन्डी कारोबार

हुन्डी कारोबारमा संलग्न भएको आरोपमा ३ लाख नगदसहित २ जना पक्राउ

images

  • २०८० माघ १२, शुक्रबार
  • 861
    SHARES
  • हुन्डी कारोबारमा संलग्न भएको आरोपमा ३ लाख नगदसहित २ जना पक्राउ

    काठमाडौँ : हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौँ महानगरपालिका–१० अनामनगर बस्ने ५० वर्षीय युवराज प्रसाईँ र सुनसरीको धरान उपमहानगरपालिका–११ घर भई काठमाडौँ महानगरपालिका–६ नयाँ बस्ती बस्ने ३० वर्षीय विश्वास राईलाई  पक्राउ गरिएको छ। 

    युवराजको घरमा नेपाल राष्ट्र बैङ्कबाट अनुमति नलिई हुन्डी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। साथै थप अनुसन्धान गर्ने क्रममा काठमाडौँ महानगरपालिका–६ बौद्ध नयाँबस्तीस्थित राईको सटरबाट नगद रु ३० लाख १८ हजार, ल्यापटप २ थान र मोबाइल ५ थान बरामद गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। उनीहरू उपर जिल्ला अदालत काठमाडौँबाट नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ