२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

images

सत्कार खबर
  • २०८० जेठ १७, बुधबार
  • 1.6K
    SHARES
  • प्रधानमन्त्री  प्रचण्ड  भारत प्रस्थान

     काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि भारत प्रस्थान गर्नु भएको छ । नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली आज दिउँसो भारत प्रस्थान गरेको हो ।

    मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन् ।

    टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल लगायत छन् । गत पुसमा तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्ड पहिलो पटक भारत भ्रमणमा जानु भएको हो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ