२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कोशी प्रदेशमा तीन मन्त्री थपिए

images

  • २०८० असार २४, आइतबार
  • 1.6K
    SHARES
  • कोशी प्रदेशमा तीन मन्त्री थपिए

    २४ असार, काठमाडौं : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गर्नुृ भएको छ। मुख्यमन्त्री थापाले माओवादीबाट २ जना र कांग्रेसबाट एक जना गरी तीन जना मन्त्री नियुक्त गर्नु भएको हो। उनीहरुले आजै शपथग्रहण गरेका छन्। माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट रामकुमार खत्रीले मन्त्रीमा सपथ लिए।

    आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ। अन्यको मन्त्रालय भने टुंगिएको छैन्। बिहीबार मुख्यमन्त्री नियुक्त हुनु भएका थापाले शुक्रबार शपथ ग्रहण गनुृ भएको थियो।

    सो दिन नेपाली कांग्रेस र एकीकृत समाजवादीका एक–एक जनालाई मन्त्री नियुक्त भए पनि माओवादी केन्द्र सहभागी भएको थिएन। कोशी सरकार गैरसंवैधानिक भएको भन्दै एमालेले सर्वोच्चमा दायर गरेको मुद्दाको आज सुनुवाइ हुँदैछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ