२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

संसद अवरोध खुलाउन प्रचण्डसहित देउवा र ओलीबीच बालुवाटारमा छलफल

images

  • २०८० असार २५, सोमबार
  • 771
    SHARES
  • संसद अवरोध खुलाउन  प्रचण्डसहित देउवा र ओलीबीच बालुवाटारमा छलफल

    असार २५, काठमाडौं : संघीय संसद्को अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूबीच छलफल सुरू भएको छ।

    प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेलाई बोलाइएको छ। त्यसअघि प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल सुरू भएको हो।

    प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने तयारी गरेका छन्। त्यसअघि अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेता छलफलमा जुटेको बताइएको छ।

    प्रमुख दलका शीर्ष नेताहरूबीच आइतबार पनि छलफल भएको थियो। सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने र एमाले अवरोध हटाउन तयार हुने सहमति भए पनि संसद् भवन पुगेपछि बिथोलिएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ